हाम्रो टिम नेपालद्धारा बागलुङका बाढी पीडितलाई राहत सामग्री वितरण « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

हाम्रो टिम नेपालद्धारा बागलुङका बाढी पीडितलाई राहत सामग्री वितरण


२६ भाद्र २०७७, शुक्रबार


काठमाडौं । हाम्रो टिम नेपालले बागलुङको ढोरपाटन नगरपालिकाका बाढी प्रभावित घर परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

ढोरपाटन नगरपालिका-८ र ९ का बाढी प्रभावितलाई हाम्रो टिम नेपाल, पल शाह प्रतिष्ठान र दुर्गेश थापा ग्रुप लगायतका टोलीले बिहीबार बागलुङ पुगेर राहत वितरण गरेको हो ।

उनीहरूले ३० बोरा चामल, २५ सेट डसना, नुन, तेल, दाललगायतका खाद्यान्न प्रदान गरेको हाम्रो टिम नेपालका सचिव एल एस धामीले जानकारी दिए।

त्यसैगरी उनले पीडित परिवारका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै ५० हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए ।

हाम्रो टिम नेपालले विगत केही महिनादेखि काठमाडौं उपत्यकामा रहेका भोका परिवारलाई पनि खाना खुवाउँदै आइरहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस