२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ

अ+ अ-

परासी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

सिद्धार्थ लेडी जेसीजको आतिथ्यतामा आजदेखि शुरु भएको नेपाल जेसीजको भर्चुअल क्षेत्र घ सम्मेलनको उद्घाटन गर्दै उनले युवा एकतामा जोड दिएका हुन् ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न नेपाल जेसीज सहयात्री बनेको उल्लेख गर्दै उनले युवाको सहजिकरण र एकताबाट अहिलेको राष्ट्रिय सङ्कटलाई समाधान गर्न सकिने बताए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शङ्करले महामारीका बेला पनि देशभरका जेसीज शाखा कोभिड-१९ को रोकथामका लागि निरन्तर सक्रिय रहेको बताए । उनले युवा सकरात्मक र समृद्ध हुनुपर्नेमा जोड दिदैँ एकजुट भएर राष्ट्र विकासमा लाग्न आह्वान गरे ।

कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण नेपाल जेसीजको ईतिहासमा पहिलो पटक अनलाइनबाट क्षेत्रीय सम्मेलन गरिएको निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेलले बताइन् । शनिबारसम्म चल्ने सम्मेलनमा गैँडाकोटदेखि पश्चिमका क्षेत्र घ अन्तर्गतका शाखासहित देशभरका जेसीज शाखाबाट पनि भर्चुअल सहभागिता रहेको सिद्धार्थ लेडी जेसीजकी अध्यक्ष तुल्सा भुसाल पाण्डेले जानकारी दिइन् ।

युवाको व्यक्तित्व र नेतृत्व विकास गर्दै सकारात्मक तथा रचनात्मक कार्यका लागि संस्थागतरुपमा अगाडि बढाउन सन् १९६४ मा भारतको गोरखपुर जेसीजको मातृत्वमा नेपाल जेसीजको स्थापना भएको हो । नेपाल जेसीजअन्तर्गत हाल देशभर १५० बढी शाखा छन् । भौगोलिकतालाई हेरेर नेपाल जेसीजका शाखालाई क्षेत्र क, ख, ग र घ गरी चार क्षेत्रमा वर्गीगकरण गरिएको छ ।