एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय


२६ भाद्र २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकले विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित संघीय संसद प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस