खार्पुनाथ गाउँपालिका-४ का वडाध्यक्षको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खार्पुनाथ गाउँपालिका-४ का वडाध्यक्षको निधन


२६ भाद्र २०७७, शुक्रबार


सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ ।

वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए ।

वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन । आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस