खानेपानी संस्थानका सहायक प्रशासक २५ हजार घुससहित नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खानेपानी संस्थानका सहायक प्रशासक २५ हजार घुससहित नियन्त्रणमा


२५ भाद्र २०७७, बिहिबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत कर्मचारी कृष्णहरि वाग्लेलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस लिएको आरोपमा प्रशासन सहायक वाग्लेलाई बिहीबार आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित एक रेस्टुरेन्टबाट २५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका वाग्लेमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस