बोगटान फुड्सिल गाउँपालिकाद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बोगटान फुड्सिल गाउँपालिकाद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग


२५ भाद्र २०७७, बिहिबार


डोटी । कोरोना भाइरसमा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई बोगटान फुड्सिल गाउँपालिकाले मास्क र सेनिटाईजर प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले नेपाल प्रहरीलाई एक हजार थान मास्क, १० बोतल सेनिटाईजर, सशस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रेलाई एक हजार थान मास्क र १० बोतल सेनिटाईजर, प्रेस संगठन डोटीलाई ५०० मास्क र जिल्ला प्रशासन कार्यालय डोटीलाई ३०० प्रति मास्क र सेनिटाईजर हस्तान्तरण गरिएको हो ।

संकटको समयमा काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताएका छन् ।

सशस्त्र प्रहरी बललाई पहिलो पटक यसरी बाहिरबाट सहयोग प्राप्त भएको सशस्त्र प्रहरी बल जोगीडाब्रेले जानकारी दिएको छ ।

प्रहरीको मूल्यांकन गरेर यसरी प्राप्त हुने सहयोगले प्रहरीलाई उत्साहित बनाएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर कर्णबहादुर बोहराले बताएका छन् ।

दसैँ तिहारलाई लक्षित गर्दै गाउँपालिकामा दोस्रो चरणमा मास्क वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस