नाम्खा गाउँपालिकामा पठनपाठन बन्द « प्रशासन
prasaLogo
२५ भाद्र २०७७, बिहीबार

नाम्खा गाउँपालिकामा पठनपाठन बन्द


प्रकाशित मिति : 10 September, 2020 11:10 am

School

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो ।

अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्लामा सङ्क्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए । गाउँपालिकाका १६ सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

जिल्लाका अन्य छ स्थानीय तहले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस