आजदेखि उपत्यकामा शर्तसहित निषेधाज्ञा खुकुलो : कुन कुन क्षेत्र सञ्चालन, कुन बन्द ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि उपत्यकामा शर्तसहित निषेधाज्ञा खुकुलो : कुन कुन क्षेत्र सञ्चालन, कुन बन्द ?


प्रशासन संवाददाता

२५ भाद्र २०७७, बिहिबार


काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको जनजीवन सहज बन्दै गएको छ । बुधबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा शर्तसहित खुकुलो बनाउँदै लैजाने निर्णय गरेसँगै जनजीवन सहज बन्दै जाने भएको छ ।

काठामाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो भएपनि खुला ठाउँमा भीडभाड गर्न नपाइने, जात्रा पर्व, महोत्सव बन्द गर्ने जस्ता शर्त लागु हुनेछन् ।

यस्तै सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने, सामग्री तथा वस्तु होम डेलिभरी गर्न पाउने, होटल बन्द रहने, सपिङ मल र फेन्सी पसल हप्ताको तीन दिनमात्र खोल्न पाइने, फुटपाथ र अन्य व्यापार व्यवसाय बिहान ११ र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने, बाहिर हिँड्दा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने, पैदल यात्रा गर्दा भीडभाड हुन नदिने र सामाजिक दूरी कायम गर्नुपर्नेलगायत निर्णय गरिएको छ।

निषेध गरिएका र सञ्चालन हुने क्षेत्र

 

 

Tags :
प्रतिक्रिया दिनुहोस