बागलुङमा कोरोना संक्रमित ३ सय नाघे « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बागलुङमा कोरोना संक्रमित ३ सय नाघे


२२ भाद्र २०७७, सोमबार


बागलुङ । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय छ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म निको हुनेको सङ्ख्या २ सय ७९ छ भने एक जनाको मृत्यु भएको छ ।

आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ छ भने क्वारेन्टिनमा ७२ जना छन् । पछिल्लोपटक आइतबार काठेखोला गाउँपालिकका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा पहिलो पटक गत चैत १५ गते कोरोना देखिएको थियो । जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो । त्यसयता अधिकांश भारतबाट आएका व्यक्तिमा कोरोना देखिए पनि पछिल्लो समय समुदायमा पनि सङ्क्रमित भेटिन थालेका छन् ।

जिल्लामा अहिलेसम्म झण्डै सात हजारको पिसीआर परीक्षण गरिएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा ५४ र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सात जनामा सङ्क्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस