हामी निजामती « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हामी निजामती


२२ भाद्र २०७७, सोमबार


म निजामती तिमी निजामती हामी सबै निजामती
हामी विना रोकिन्छ विकास र सेवाका काम गति ।

देशको स्थायी सरकार हामी बदल्नु छ मुलुकलाई
कर्तव्य र जिम्मेवारीमा नअलमलिऊँ अलिकति ।

हामी हौँ देशका ऐना जस्तो हामी उस्तै समाज देश
सेवा नै धर्म ठानी सुधारौँ आफ्नो आचरण मति ।

सङ्घ, प्रदेश, स्थानीय तह सबैतिर पुग्नु छ घुमिफिरी
जस जति सबै अरू लिन्छन् हामीलाई दोष जति ।

हामी पनि नागरिक हाम्रो पनि जीवन चलाउनुपर्छ
मनोबल गिराएर होइन बढाएरै हुन्छ देशको प्रगति ।

म निजामती तिमी निजामती हामी सबै निजामती
हामी विना रोकिन्छ विकास र सेवाका काम गति ।

Tags :
प्रतिक्रिया दिनुहोस