उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण


२१ भाद्र २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर ३२, भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ जना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस