उपत्यकाका नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल


२१ भाद्र २०७७, आइतबार


काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा सिडिओ दाहालले नेपाल प्रहरीले धेरै ठाउँमा उपस्थित हुनुपर्ने अवस्था रहेकाले सेनालाई नाकामा परिचालन गर्न सके अवैध रुपमा आउने संख्या नियन्त्रण गर्न सकिने बताए । उनले उपत्यका प्रवेश धेरै कडाई गरेर समस्या समाधान नहुने धारणा राखेका थिए ।

‘ नाकामा दैनिक दुई हजार मानिस भित्रिन्छन् । भित्रिन नदिने हो भने काठमाडौंमा भोकमरी लाग्छ । नेपाल प्रहरीले गर्न सकेन भन्ने होइन । उपत्यका प्रवेशलाई व्यवस्थित बनाउन सेनालाई पनि नाकामा परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ’, दाहालले भने, ‘आइसोलेसन, क्वारेन्टाइन र टेस्टिङ थप गर्नुपर्छ ।’

त्यस्तै उनले कोरोनाबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापन गर्ने ठाउँ खोज्न पनि आग्रह गरेका छन् । उनले मृतकको संख्या बढ्न सक्ने भएकाले व्यवस्थापन गर्न अनकन्टार ठाउँमा फिनिसिङ गरेर तयार पार्नुपर्ने बताए

‘भोलिका दिनमा निधन हुनेहरूको संख्या धेरै हुँदा व्यवस्थापन गर्न अनकन्टार ठाउँमा फिनिसिङ गरेर तयार पार्नुपर्छ’, उनले भने, ‘त्यस्तो स्थिति त नआओस्, तर तयार भएर बस्नुपर्छ । सयौँ मानिसको मृत्यु भएमा के गर्ने ?’

Tags :
प्रतिक्रिया दिनुहोस