जाजरकोट र पश्चिम रुकुममा २६ किलो अफिमसहित पाँच जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जाजरकोट र पश्चिम रुकुममा २६ किलो अफिमसहित पाँच जना पक्राउ


२१ भाद्र २०७७, आइतबार


काठमाडौं । जाजरकोट, नलगाड नगरपालिका-२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने ४२ वर्षीय मन बहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी पक्राउ गरेको हो ।

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-५ जलिगार्डबाट १६ किलो अवैध लागूऔषध अफिम सहित जाजरकोट नलगार्ड नगरपालिका-९ बस्ने ३७ वर्षीय प्रेम बहादुर सिंह लगायत ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस