गण्डकी प्रदेशका डीआइजीलाई कोरोना पुष्टि « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गण्डकी प्रदेशका डीआइजीलाई कोरोना पुष्टि


प्रशासन संवाददाता

२१ भाद्र २०७७, आइतबार


पोखरा ।गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोभिड १९ पुष्टि भएको छ ।

उनको आइतबार बिहान कन्ट्याक ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनलाई कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा पनि कोरोना पुष्टि भएको थियो । त्यसकै आधारमा डीआइजी अर्यालको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस