कोभिड १९ विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोभिड १९ विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुँदै


प्रशासन संवाददाता

२१ भाद्र २०७७, आइतबार


एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुने भएको छ ।

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा बनाएको कोरोनाविरुद्धको खोपको परीक्षणका लागि ८ देशले अनुमति दिएका छन् ।

बीबीसीका अनुसार सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको हो ।

सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस