थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५६६ डिस्चार्ज « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५६६ डिस्चार्ज


२० भाद्र २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा मात्र ४०८ जना छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ ।

२४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस