गण्डकी प्रदेशसभा सचिवमा हरिराज पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गण्डकी प्रदेशसभा सचिवमा हरिराज पोखरेल


प्रशासन संवाददाता

२० भाद्र २०७७, शनिबार


काठमाडौँ । प्रदेशसभा सचिवमा हरिराज पोखरेल नियुक्त भएका छन् । प्रदेशसभा गठन भएको झन्डै साढे २ वर्षपछि सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पोखरा–२१ का हरिराज पोखरेललाई शुक्रबार सचिवमा नियुक्त गरेका हुन् ।

संविधानको १९५ को उपधारा ९१० बमोजिम पोखरेललाई सचिव नियुक्त गरिएको हो । पोखरेलले शुक्रबार नै प्रदेश प्रमुख शेरचनबाट ५ वर्षका लागि नियुक्तिपत्र लिइसकेका छन् । २७ वर्षदेखि वकालत गर्दै आएका पोखरेल छोरेपाटन उच्च माविमा समाजशास्त्र पढाउँदै आएका छन् ।

राजनीति शास्त्रमा एमए र कानुनमा बीएल गरेका उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानुनी सल्लाहकार पनि हुन् । प्रदेशसभा सचिवले प्रदेशका प्रमुख सचिव सरह सेवासुविधा पाउने कानुनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस