थप १ हजार ३५९ जनामा कोरोना संक्रमण, १३५४ जना डिस्चार्ज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप १ हजार ३५९ जनामा कोरोना संक्रमण, १३५४ जना डिस्चार्ज


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस