चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु


प्रशासन संवाददाता

१९ भाद्र २०७७, शुक्रबार


भरतपुर । चितवनमा कोरोना भाइरस सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ती महिलाको बिहीबार राति मात्रै डा. शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो ।

श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस