धनुषामा कोरोना संक्रमणबाट भारतीयको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

धनुषामा कोरोना संक्रमणबाट भारतीयको मृत्यु


प्रशासन संवाददाता

१९ भाद्र २०७७, शुक्रबार


जनकपुर । धनुषामा एक भारतीय मजदूरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससमेत गरी धनुषामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो ।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए । नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस