बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१९ भाद्र २०७७, शुक्रबार


बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । रुपन्देहीमा यससँगै कोरोनाबाट मृत्यु हुने १२ जना पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस