जुम्लाका प्रजिअ भूपेन्द्र थापालाई कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जुम्लाका प्रजिअ भूपेन्द्र थापालाई कोरोना संक्रमण


प्रशासन संवाददाता

१८ भाद्र २०७७, बिहिबार


खलङ्गा । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ‘

कोरोना रोकथामका लागि अग्र मोर्चामा खटिएका थापा आफैँ सङ्क्रमित भएपछि आइसोलेसनमा बसेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी जानकारी गराएका हुन् ।

उनले सङ्क्रमित भएपछि आइसोलेसनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन नम्बर ९८५८३२०३८० मा सम्पर्क गर्न अनुरोध गर्दै चाँडै सेवामा फर्किने आशा पनि व्यक्त गरेका छन् ।

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावलले बताए । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस