डोटीमा ट्राफिक चेकिङमा कडाइ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा ट्राफिक चेकिङमा कडाइ


१८ भाद्र २०७७, बिहिबार


डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले ट्राफिक चेकिङमा कडाइ गर्दा सडक दुर्घटनामा न्यूनीकरण आउनुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

ट्राफिक प्रहरीले चेकिङमा कडाइ गर्नुका साथै जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दा सडक दुर्घटनामा न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक अशोक खड्काले बताए ।

उनले भने‘नियमित रूपमा चेक जाँच गर्नु त हाम्रो काम हो त्यसको साथै सडक दृघटनामा न्यूनीकरण होस, ट्राफिक नियमको बारेमा सबैलाई जानकारी होस भन्ने हेतुले विद्यालय स्तरमा, चालक, सहचालकहरूलाई समेत जानकारी गराउँदै आएका बताए ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ४ हजार २ सय छत्तिस जनालाई कारबाही गरी २३ लाख २४ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै गरी आर्थिक वर्ष ०७५/०७६ मा ४ हजार ४ सय ५४ जनालाई कारबाही गरी २४ लाख ५९ हजार हजार राजस्व सङ्कलन भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा २ हजार ८ सय २६ जनालाई कारबाही गरी १५ लाख १७ हजार ५ सय राजस्व सङ्कलन भएको जनाएको छ । अरू वर्षको तुलनामा आर्थिक वर्ष ०७६/०७७ मा कोरोना महामारीका कारण राजस्व संकलनमा कमी आएको समेत प्रमुख खड्काले बताए ।

त्यस्तै सडक दुर्घटनामा पनि कमी आएको छ । आर्थिक वर्ष ०७४/०७५मा १६ वटा दुर्घटना भई १६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७५/०७६ मा १० वटा दुर्घटना भई १० जनाको र आर्थिक वर्ष २०७६/०७७ मा १० वटा दृघटनामा परि १० जनाको मृत्यु भएको हुँदा दृघटना न्यूनीकरणमा सहयोग पुगेको समेत देखिन्छ ।

ट्राफिक चेकिङमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाईकलमा ३ जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने लापरबाही गर्ने, नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिएको ट्राफिक कार्यालय दिपायलले जनाएको छ । ट्राफिक प्रहरी जिल्लाको आवश्यकता अनुसार कम भए पनि जिल्लाका मुख्य बजारहरू बुडर, मौवा, बिपी नगर, सानागाँउ, तिनतालि, सिलगढी र दिपायलमा चेकजाचँ हुने गरेको छ ।

सुदूरका केही जिल्लाहरूमा आफ्नो बस्ने भवन र दरबन्दी अनुसारको कर्मचारी नहुँदा पनि आफू सँग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रूपमा प्रयोग गरी आफ्नो सेवा नियमित रूपमा सञ्चालन गरेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस