२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ५ सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत

अ+ अ-

बुटवल । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजेट स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

बैठकले ५८३ जना जनशक्ति र उक्त जनशक्तिका लागि आवश्यक तलबभत्ताका लागि रु तीन करोड ९६ लाख ३२ हजार २८० निकासा गर्ने निर्णय गरेको छ । यो रकम तीन महिनाको लागि हो । करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामती सेवाअन्तर्गतका कर्मचारीले पाएसरहको सेवासुविधा पाउनेसमेत व्यवस्था गरिएको छ ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल, धागो कारखानामा सञ्चालित कोरोना उपचार अस्थायी अस्पतालका लागि १८ आइसियु, २० एचडी श्यया, ३६ आइसोलेशन श्यया गरी कूल ७४ रहने र त्यसका लागि १८९ जना जनशक्ति राख्ने व्यवस्थासहित दरबन्दी स्वीकृत गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिए । उनका अनुसार यसका लागि सरकारले रु ३ करोड ९६ लाख ३२ हजार २८० निकासा गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालका लागि रु एक करोड ७५ लाख ११ हजार ९६० बजेटसमेत स्वीकृत गरी निकासा गर्ने निर्णय गरेको छ ।

यस्तै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा पाँच आइसियु, १३ एचडी श्यया, नौ आइसोलेशन गरी २७ रहने र त्यसका लागि ७१ जना जनशक्ति तथा रु ६४ लाख ४७ हजार ९६० बजेटसमेत स्वीकृत गरी निकासा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले दाङस्थित केन्द्रीय आर्युवेद बेलझुण्डीमा १० आइसियु, १७ एचडी श्यया र ५८ आइसोलेशन श्यया गरी ८५ श्यया रहने र त्यसका लागि १७१ जनशक्ति तथा रु एक करोड ५६ लाख ७२ हजार ३६० बजेट निकासा गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपालगञ्जस्थित भेरी अस्पताल बाँकेमा १० आइसियु, ३० एचडी श्यया र २० आइसोलेशन श्यया गरी ६० रहने र त्यसका लागि १५२ जना जनशक्ति राख्न स्वीकृति प्रदान गर्ने तथा त्यसका लागि रु एक करोड ४० लाख ७२ हजार ६४० निकासा गर्ने निर्णय गरिएको बताइएको छ ।

बैठकले प्रदेश निजामती सेवाअ न्तर्गत स्वास्थ्य सेवा र इञ्जिनीयरिङ सेवाका रिक्त पदमा खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ । यसअन्तर्गत स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौँ ४९, नर्सिङ अधिकृत सातौँ ११, फिजिओथेरापिस्ट सातौँ पाँच र मेडिकल ल्याब टेक्नोलोजिष्ट सात जना गरी ७२ जना, इञ्जिनीयरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल पाँच, सिँचाइ आठ, सेनेटरी एक विल्डिङ आर्किटेक्टर १३, मेकानिकल पाँच, इञ्जिनीयर सिभिल दुई र हाइड्रो जिओलोजिस्ट एक जना गरी ५३ जना रहेका छन् ।

यस्तै बैठकले प्रदेश नं ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरणसम्बन्धी कानूनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने, विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नेलगायत निर्णय गरेको प्रेस सल्लाहाकार केसीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

बैठकले दाङमा प्रस्तावित नेत्रलाल अभागी रङ्गशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत कार्यान्वयन गर्न स्वीकृति पनि प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस