७ सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७ सयले घट्यो सुनको मूल्य


१८ भाद्र २०७७, बिहिबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबारको तुलनामा रु ७०० ले घटेर रु ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु १ हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु १ हजार २६५ कारोवार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस