कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ का कोरोना संक्रमित ४० वर्षीय पुरुषको मृत्यु भएको छ।

भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ। कोरोना संक्रमणकै कारण उनकी आमाको पनि चार दिनअघि अर्थात भदौ १३ गते पाटन अस्पतालमा मृत्यु भएको थियो।

तर छोरामा भने कुनै रोगको समस्या नभएको बताइएको छ। मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस