टिचिङ अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टिचिङ अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । टिचिङ अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्धको मंगलबार बेलुकी मृत्यु भएको जनाईएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सविन थपलियाका अुनसार तनहुँ स्थायी घर भएकी २० वर्षीया युवती किड्नीको समस्या भई डायलासिस गराउँदै आएकी थिइन्। उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

यस्तै, काठमाडौंका ७५ वर्षीय वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। उनमा मधुमेह र रक्तचापको समेत समस्या रहेको थियो । उनको सुरुमै आइसियूमै भर्ना गरिएको थियो । उनको आइसियूमै उपचारको क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस