काठमाडौंवासीलाई जोगाउन खोज्दा आफैं संक्रमित भएँ : मेयर शाक्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौंवासीलाई जोगाउन खोज्दा आफैं संक्रमित भएँ : मेयर शाक्य


१६ भाद्र २०७७, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणलाई जितेर फर्किने बताएका छन् ।

उनले आफूलाई सोमबार संक्रमण पुष्टि भएको जानकारी दिए । मेयर शाक्यले काठमाडौं उपत्यकावासीलाई कोरोनाको कहरबाट जोगाउने प्रयास गर्दा आफैं संक्रमित हुन पुगेको बताएका छन् ।

‘मलाई अहिले कुनै पनि लक्षण देखिएको छैन् । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना गरेर बसिरहेका छौं । जनताको कामलाई सर्वोपरी ठानी निरन्तर समर्पित हुने सिलसिलामा म संक्रमित भएको हुँ’, उनले भनेका छन् ।

त्यस्ते उनले आइसोलेसनमा भए पनि काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीको सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।

‘होम आइसोलेसनमा रहे पनि काठमाडौं महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अबस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु ।’

उनले विज्ञप्तिमार्फत लकडाउनको सुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनको समेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिरहनु भएका जनप्रतिनिधि र कर्मचारीप्रति सम्मान व्योफ गरेका छन् ।

‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन।यस्तो अबस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘काठमाडौँ महानगरपालिका र उपत्यका नगरपालिका फोरमका दैनन्दिन कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गरेका छन्। ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले भनेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस