कोरोना पुष्टि भएका पूर्वन्यायाधीश चालिसेको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना पुष्टि भएका पूर्वन्यायाधीश चालिसेको मृत्यु


१६ भाद्र २०७७, मंगलबार


काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।

लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

पाँचदिन अघि अस्पताल भर्ना भएका ७० वर्षीय चालिसेलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चालिसे काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी हुन् । उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस