विष सेवन गरी एक पुरुषले गरे आत्महत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विष सेवन गरी एक पुरुषले गरे आत्महत्या


१६ भाद्र २०७७, मंगलबार


डोटी । डोटीमा विष सेवन गरी एक पुरुषले आत्महत्या गरेका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ बस्ने रने कोलीको छोरा वर्ष ३८ को राम कोलीले विष सेवन गरी सोमबार राती आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिएका छन् ।

सानागाउँ प्रहरी चौकी इन्चार्ज सई नारायणदत्त बडू नेतृत्वको टोली राति नै घटनास्थल पुगेको थियो । आवश्यक घटनास्थल मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार साङ्ला मार्ने औषधी सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । यद्यपि घटनाको वास्तविकता कारण पोष्टमार्टम रिपोर्ट लगायत अन्य अनुसन्धानबाट मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस