कोरोनाविरुद्ध भ्याक्सिनलाई अनुमति दिने हतार नगर्न डब्ल्यूएचओको आग्रह « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

कोरोनाविरुद्ध भ्याक्सिनलाई अनुमति दिने हतार नगर्न डब्ल्यूएचओको आग्रह


एजेन्सी

१६ भाद्र २०७७, मंगलबार


काठमाडौं । विश्व श्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न आग्रह गरेको छ । डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा गम्भीर हुन जरुरी रहेको बताएका हुन् ।

वैज्ञानिक स्वामीनाथनले सबै देशहरुले ट्रायल पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्छन् तर यो कुनै हल्कामा लिने खालको काम नभएको बताए ।

हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १४३ खोप अझै पनि प्री–क्लिनिकल इभोलुसनको चरणमा छन् । साथै डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ ।

‘जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसहरुलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुन्छ’ डब्ल्यूएचओले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस