जेलभित्रै भोक हड्तालमा कानुन व्यवसायी महिला : न्यायको सट्टा मृत्यु « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

जेलभित्रै भोक हड्तालमा कानुन व्यवसायी महिला : न्यायको सट्टा मृत्यु


एजेन्सी

१५ भाद्र २०७७, सोमबार


काठमाडौँ । टर्कीमा एक कानुन व्यवसायी महिलाले जेलभित्रै न्यायकोलागि सङ्घर्ष गर्दागर्दै ज्यान गुमाएकी छन् । टर्कीकी मानवअ अधिकारवादी वकिल इब्रु तिम्तिकले भोक हड्तालको क्रममा २३८ औँ दिनमा ज्यान गुमाउन पुगेकी हुन् ।

नागरिकको न्यायका निम्ति आवाज उठाउने कानुन व्यवसायी महिला इब्रु तिम्तिक नागरिकहरूको पक्षमा वकालत गर्दागर्दै पक्राउ परेकी थिइन् । सन् २०१७ को सेप्टेम्बरमा सरकार विरोधी भन्दै उनीसहित १८ वकिललाई पक्राउ गरिएको थियो ।

गत वर्षको अक्टोबरमा टर्कीको पुनरावेदन अदालतले तिम्तिकसहित १८ वकिललाई यसअघि तल्लो अदालतले सुनाएको लामो समयको जेल सजाय कायम राख्ने फैसला सुनाएको थियो । उनीहरूमाथि अवैध मार्क्सवादी सङ्गठनसँग सम्बन्ध रहेको आरोप लगाइएको थियो ।

सन् २०१८ को सेप्टेम्बरमा तिम्तिकलाई अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको थियो । गत फेब्रुअरीबाट तिम्तिक र उनकी एक साथीले तरल र भिटामिन मात्र खाँदै भोक हडताल सुरु गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस