प्रदेश नं. १ मा ९५ कोरोना सङ्क्रमित थपिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं. १ मा ९५ कोरोना सङ्क्रमित थपिए


१४ भाद्र २०७७, आइतबार


विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं- १ मा ९५ कोरोना सङ्क्रमित थपिएका छन् ।

तीमध्ये ३२ महिला र ६३ पुरुष छन् । थपिएका कोराना सङ्क्रमित मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एक दिनमा विराटनगरमा ४२ जनामा सङ्क्रमण देखिएकामा महिला र पुरुष बराबरी छन् । आज थपिएकामा मोरङ लेटाङमा एक महिला तथा पथरीशनिश्चरे र रङ्गेलीका एकएक पुरुष छन् । सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा चारचार महिला र पुरुष, इनरुवामा एक महिला, धरानमा एक महिला र पाँच पुरुष, बर्जुमा दुई र गढी गाउँपालिकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको कनकाईमा दुई महिला र छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, सङ्खुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेको एक महिला तथा प्रदेश बाहिरका एकएक महिला र पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस