अवैतनिक वाणिज्यदूत प्रेमराजा महत दम्पती कोरोना मुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अवैतनिक वाणिज्यदूत प्रेमराजा महत दम्पती कोरोना मुक्त


प्रशासन संवाददाता

१४ भाद्र २०७७, आइतबार


डिसी । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि अवैतनिक वाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पती कोरोना मुक्त भएका छन् ।

महतले गत अगस्त ७ मा आफू र श्रीमती कविता महतलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए । अगस्ट २८ मा महतले आफू र श्रीमती कविता कोरोना मुक्त भएको फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘विश्वभरी रहेका हजारौँ हजार इष्टमित्रहरूको आशीर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक सङ्क्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो’ उन फेसबुकमा लेखेका छन् ।

महतले आफूहरू सङ्क्रमित भएको सार्वजनिक गरेपछि विश्वभरबाट नेपालीहरूले उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

महतले सबैको गहिरो माया प्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरू कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस