धादिङमा थप १६ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धादिङमा थप १६ जनामा कोरोना सङ्क्रमण


१२ भाद्र २०७७, शुक्रबार


धादिङ । धादिङका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ का ४ वर्षीय बालक,२२,२७,३३,३३,३९ वर्षीय पुरुष र ११,१४,२६ र ३३ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै थाक्रे गाउँपालिका वडा नं ६ का २५,२५ र २८ वर्षीय पुरुष, थाँक्रे गाउँपालिका वडा नं २ का २३ र २८ वर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नं ६ का १३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए ।यो सँगै धादिङमा जम्मा सङ्क्रमितको सङ्ख्या दुई सय दुई पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस