थप ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुग्यो


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् ।

शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस