डा. गोविन्द केसीलाई होटेल बाहिर निस्कन प्रहरीको रोक ! (भिडियोसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डा. गोविन्द केसीलाई होटेल बाहिर निस्कन प्रहरीको रोक ! (भिडियोसहित)


११ भाद्र २०७७, बिहिबार


काठमाडौँ । डा. गोविन्द केसीलाई प्रहरीले होटेल बाहिर निस्कन रोक लगाएको छ ।

दुर्गम क्षेत्रका बिरामीहरूको निःशुल्क उपचारका क्रममा विभिन्न जिल्ला हुँदै जुम्ला पुगेका डा. केसीलाई प्रहरीले रोकेको भिडियो सार्वजनिक भएको छ ।

जुम्लास्थित होटेल रोयल गार्डेनबाट बाहिर निस्कँदै गर्दा दर्जनौँको सङ्ख्यामा उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गेटमै उनलाई रोकेको हो ।

प्रहरीले रोकेपछि डा. केसीले मुखले भनेर नहुने भन्दै कागज देखाउन भनेका छन् । ‘तपाईँहरूले मुखले भनेर हुँदैन’ डा. केसीले भनेका छन् ‘कागज लिएर आउनुस् यो मनपरीतन्त्र चल्दैन’

अगाडी बढ्दै गर्दा प्रहरीले बाटो छेकेपछि डा. केसीको प्रहरीसँग केही भनाभनसमेत भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस