‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय


१० भाद्र २०७७, बुधबार


काठमाडौँ । सरकारले विदेशमा अध्ययन गर्न जानेहरूका लागि अध्ययन अनुमति पत्र(नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि गत चैतदेखि दिन बन्द गरेको ‘नो अब्जेक्सन लेटर’ मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस