कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा


७ भाद्र २०७७, आइतबार


बुटवल । कपिलवस्तुमा कोराना संक्रमण समुदायमा फैलिएपछि थप ८ दिन निषेधाज्ञा थपिएको छ ।

पछिल्लो समय थप भएको एक हप्ताको निषेधाज्ञा आइतबार (आज) राति १२ बजे सकिन लागेका बेला आइतबार दिउँसो बसेको बैठकले निषेधाज्ञालाई भदौ १५ गते राति १२ बजेसम्म लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रशासनमा आइतबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय वस्तुहरुबाहेक अरु सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा साउन २६ गते राती १२ बजेदेखि लगातार निषेधाज्ञा हुँदै आएको छ । पछिल्लो समय जिल्लाभित्र समुदायतहमा कोरोना संक्रमण फैलिदै गएको छ । अहिलेको स्थितिमा कोरोनाबाट बच्ने एक मात्र उपाय निषेधाज्ञा भएको निष्कर्ष निकाल्दै आगामी भदौ १५ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी भएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने छन् ।

अत्यावश्यकबाहेक सरकारी कार्यालयहरुबाट प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस