ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण


प्रशासन संवाददाता

७ भाद्र २०७७, आइतबार


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ट्राफिक प्रहरीलाई जनचेतना मूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका बिच बैंकको गाईघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई उक्त जनचेतना मूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरूमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्‍याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने बताए ।

बैंकको गाईघाट शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस