“अल विदा राष्ट्रकवि माधव प्रसाद घिमिरे” « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

“अल विदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”


६ भाद्र २०७७, शनिबार


जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भई गर्व गर्ने बनाएर गयौ तिमी ।

आँसु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।

कसरी म सहुँला यी बिछोडका पलहरू
सम्झनाको महासागर खनाएर गयौ तिमी ।

आज एक्लो भएको छु राष्ट्रकवि बिदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।

नेपालीको मन मन्दिरमा सधैँ भरी बास गर्दै
शब्दमाला अरबौँको लगाएर गयौ तिमी ।

Tags :
प्रतिक्रिया दिनुहोस