२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं उपत्यकामा आदेश उल्लङ्घन गर्ने मोटरसाइकल बढी

अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार १४५ मोटरसाइकल छन् । जम्मा ३५७ चारपाङ्ग्रे गाडीले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ ।

पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२ सवारी साधन आदेश नमानेर गुडेको थियो । आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार आज भने ६१० सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ । त्यसमा ५३० मोटरसाइकल छन् ।’पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ’, ढकालले भने, ‘त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो ।’

उनले पहिलो दिनभन्दा आज भने शहरबजार, सडक तथा पसलमा धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए । त्यसरी आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ । अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उनले बताए । त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले रु पाँच सयसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ । यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

महाशाखाले आदेशको पालना गराउन काठमाडौँ उपत्यकाका १५२ स्थानमा जाँच गर्ने गरेको छ । यस्तै ४६ स्थानमा नेपाल प्रहरी र ट्राफिकको संयुक्त टोली रहेको र राति ३९ स्थानमा जाँच हुने गरेको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाले यही भदौ १० गतेसम्म अत्यावश्यकबाहेकका गतिविधि गर्न निषेधको आदेश जारी गरेका छन् । उपत्यकामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढेपछि उक्त आदेश जारी गरिएको छ । पछिल्लो समय उपत्यका कोरोनाको उच्च जोखिममा छ ।