विदेशबाट आउनेले सात दिन होटेलमा अनिवार्य बस्नुपर्ने,हवाई मार्गबाट आउनेका लागि मापदण्ड निर्धारण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विदेशबाट आउनेले सात दिन होटेलमा अनिवार्य बस्नुपर्ने,हवाई मार्गबाट आउनेका लागि मापदण्ड निर्धारण


४ भाद्र २०७७, बिहिबार


काठमाडौँ । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हवाई मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।

अब हवाई मार्गबाट आउनेहरूले काठमाडौँ ओर्लेपछि सात दिनसम्म होटेल क्वारेन्टिनमा अनिवार्य बस्नु पर्नेछ। त्यसका लागि कुन होटेलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ भने सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । यसरी होटेलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरूको सूची त्यस देशमा रहेको दूतावासले तोकेबमोजिम हुनेछ । एक दिनमा बढीमा तीन वटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषद्ले मापदण्ड तोकेको एक मन्त्रीले बताए ।

त्यसै गरी सरकारले तोकेका १० वटा स्थल नाकाहरूबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटेलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड छ । होटेल खर्च आफैँले व्यहोर्नुपर्ने छ र नसक्नेहरूको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस