कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो


४ भाद्र २०७७, बिहिबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

बिहीबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौं र पर्साका १ /१ महिला तथा मकवानपुर, सप्तरीका १/१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस