अछाममा बाढी : ४ जनाको मृत्यु, १९ बेपत्ता, दजर्नौं परिवार विस्थापित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अछाममा बाढी : ४ जनाको मृत्यु, १९ बेपत्ता, दजर्नौं परिवार विस्थापित


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


अछाम । अछाममा आएको बाढीले ४ जनाको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले ४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता रहेका छन् ।

बाढीले दर्जनौँ घर तथा पक्की पुलसमेत बगाएको छ । दर्जनौँ मानिस सम्पर्क विहीन भएको खबर आएको छ ।

घटनाको खबर पाएपछि घटनास्थलतर्फ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्‍याएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस