राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।

नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम छ।

राष्ट्रकवि घिमिरेको मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा निधन भएको थियो । उनको १ सय १ वर्षको उमेरमा निधन भएको हो। १०२ वर्ष पुग्न १ महिनामात्रै बाँकी थियो ।

उनको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार थिए।

Tags :
प्रतिक्रिया दिनुहोस