बाढी प्रभावित क्षेत्रको अनुगम गर्न बाजुरा पुगे गृहमन्त्री « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बाढी प्रभावित क्षेत्रको अनुगम गर्न बाजुरा पुगे गृहमन्त्री


२ भाद्र २०७७, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाढी पहिरो प्रभावित क्षेत्र बाजुरा पुगेका छन् ।

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दा घरविहीन भएपछि सो क्षेत्रको अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली आज बाजुरा पुगेको हो ।

टोलीमा मन्त्री थापासहित विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख, प्रदेश सरकारका मन्त्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुख रहेका छन् ।

बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्न र राहत उपलब्ध गराउन गृहमन्त्री थापासहितको टोली प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस