पर्सामा एकै दिन थपिए १२५ कोरोना संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्सामा एकै दिन थपिए १२५ कोरोना संक्रमित


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


वीरगन्ज । पर्सामा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६८ जना र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जना गरी १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन २६ र २७ गते नारायणी अस्पतालमा पीसीआर किट अभाव ११ सयभन्दा बढीको स्वाब संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो । सोमबार राति टेकु प्रयोगशालाले पठाएको विवरण अनुसार १६ जना महिलासहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ ।

यस्तै सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५७ जनामा कोरोना पुष्टि भएको थियो । पर्सामा एक महिनामा मात्रै १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस