यातायात कार्यालय अनिश्चित कालीन बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यातायात कार्यालय अनिश्चित कालीन बन्द


१ भाद्र २०७७, सोमबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, काठमाडौँले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएकोले भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक जनतासँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गर्नुपर्ने सेवाहरू स्थगित गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णय अनुसार सेवा स्थगन गरेको कार्यालयले जनाएको छ ।

उक्त निर्णयसँगै सवारी चालक अनुमति पत्र(लाइसेन्स_ नवीकरण, स्मार्ट काड वितरण, प्रतिलिपि, स्मार्ट कार्ड भेरीफिकेसन तथा पास को राजश्व सङ्कलन तथा ब्लु बुकलगायत सबै काम बन्द रहने कार्यालयका शाखा अधिकृत तथा सूचना अधिकारी उपेन्द्र शाहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस