कोहलपुर नगर क्षेत्र भित्रका सबै सेवा बन्द « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कोहलपुर नगर क्षेत्र भित्रका सबै सेवा बन्द


प्रशासन संवाददाता

३१ श्रावण २०७७, शनिबार


कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने सबै सेवाहरू साता दिनका लागि बन्द गरिएको छ ।

जिल्लामा कोरोना भाईरसका सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको र कोहलपुर नगरपालिका क्षेत्रमासमेत समुदायस्तरमा सङ्क्रमण फैलिएको भन्दै शनिवार बसेको नगरप्रमुख स्तरीय बैठकले भोलिदेखि नगरक्षेत्रभित्रका सम्पूर्ण सेवाहरू भदौ ५ गते राती १२ बजेसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कार्यालयलगायत वडा कार्यालयका सम्पूर्ण शाखाहरू, सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय सङ्घसंस्था, होटेल, रेष्टुरेन्ट, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी हाटबजार लगायत सबै सेवाहरू २०७७/०४/३२ देखि २०७७/०५/०५ गते राती १२ बजेसम्म पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस